पोर्चुगलमा कागजी प्रक्रियामा निम्न कुराहरूमा ध्यान दिनुपर्दछः



पोर्चुगलमा  कागजी प्रक्रियामा निम्न कुराहरूमा ध्यान दिनु पर्दछ

१. प्रक्रिया पुर्‌याएर मात्र आउनु पर्दछ, जस्तो पनि प्रक्रियाले पुग्ने मात्रै ध्येयले आउँदा पनि निकै समस्या झेल्नु परेको पाईएको छ। जस्तै अवैधानिक फर्जी कागज बनाई आउनु, कागजात आफ्नो विवरण राम्रो सँग मिलाउन नसक्नु, जस्तो पायो त्यस्तो गैर नागरिकसँग विवाह गरि तेस्रो मुलुकबाट भित्रिनु आदि आदि।

२. पोर्चुगलमा आईसकेपछि आफ्नो पासपोर्ट / टिकट / आदि प्रमाण राख्नु, Legal Entry देखि फाइनान्स, सोसियल जस्ता कागजातमा आफ्नो ठेगाना राम्रो बुझेर राख्नु। फाईल entry गर्दा हतार नगरी मागेका सबै कागजात प्रक्रिया पुर्‌याई मात्र गर्नु। त्यतिबेला आफ्नो ईमेल / फोन नं. स्थायीवाला राख्नु र फाईल राम्रोसँग इन्ट्री भए नभएको हेर्नु पर्दछ। त्यहाँ  राखिएका ईमेल, पासवर्ड, फोन नम्बर, सुरक्षित राख्नु।

३. सामान्य Sef Entry गरि सकेपछि पहिलो confirmation ईमेल आउँछ र दोस्रो ईमेलमा बायो मेट्रिक date  लिन पठाउँछ अनि मात्र कुन  sef मा date खुला देखाउँछ त्यहाँको date लिनुपर्दछ।

. पहिलो बायोमेट्रिकको लागि आवश्यक कागजातहरू :-

– म्याद भएको पासपोर्ट।

– आफू आउँदाको टिकट/ बोर्डिङ पास/ वा ट्राभल डिक्लियरेशन, Sef entry प्रमाण, फाइनान्स, ट्याक्स डिक्लियरेशन, सोसेल पेपर.

– कामको कन्ट्र्यक, सेलरी स्लिप्स, कामको डिक्लियरेशन,

– आफ्नो बसोबासको प्रमाण ( जुन्ता वा घर कन्ट्र्याक्ट)

– आफ्नो देशको  पुलिस रिपोर्ट ( सम्बन्धित देशको आधिकारिक निकाय र यहाँको मिनिष्ट्रिबाट प्रमाणित अनिवार्य )

– यदि कुनै त्यस्रो मुलुक रहि त्यहिबाट पोर्चुगल आएको अबस्थामा संबंधित मुलुकको पनि

पुलिस रिपोर्ट (३ महिना अवधि भन्दा बढी बसेको अवस्थामा ) त्यसलाई पोर्तुगिस भाषामा अनिवार्य अनुवाद गर्नु पर्दछ।

– Sef entry MI प्रमाण पेपर।

कार्ड :

५. सामान्यतया हामी कामदारहरूको हकमा ३ प्रकारका रहेका छ्न्।

– तितुल दि रेसिडेन्ट कार्ड। ( पहिलो २ वर्ष, दोस्रो, तेस्रो ३/३ वर्ष )

वर्ष पुगेपछि कार्टाओ दि रेसिडेन्ट जसलाई पर्मानेन्ट कार्ड पनि भनिन्छ।

यो प्राप्त गर्नको लागि पोर्चुगलमा बायोमेट्रिक वा कार्डको पहिलो प्राप्त मितिबाट ५ वर्ष बसोबास गरेको हुनुपर्छ  र

निम्न कागजात आवश्यक पर्दछ।

भ्यालिड रेसिडेन्ट कार्ड,

भ्यालिड पासपोर्ट,  

यहाँ A1 A2, भाषा पास गरेको प्रमाणपत्र,

जन्म दर्ता प्रमाणपत्र

– नेपाल प्रहरी चारित्रिक प्रमाणपत्र

. पोर्चुगलको पासपोर्ट प्रक्रिया गर्दा आवश्यक कागजातहरू।

 भ्यालिड रेसिडेन्ट कार्ड,

भ्यालिड पासपोर्ट,  

यहाँ A1 A2, भाषा पास गरेको प्रमाणपत्र,

जन्म दर्ता प्रमाणपत्र

– नेपाल प्रहरी चारित्रिक प्रमाणपत्र

नोट- जन्म दर्ता र पुलिस रिपोर्ट अनिवार्य दिल्लीस्थित नेपाल एम्वेस्सी र पोर्चुगल एम्वेस्सीबाट प्रमाणित गरि ल्याउनु पर्दछ।

आफ्ना कागजात दिल्ली स्थित एम्बेस्सी प्रमाणीकरण गराउँदा, त्यस्रो व्यतिलाई authority सहित कागजात पठाउनु पर्दछ, आफ्नो नाममा बिल छ कि छैन र प्रमाणीकरण सम्बन्धित निकायमा भएको हो वा होईन ध्यान दिनु अति जरूरी छ।

प्रक्रिया :-

– पोर्चुगलको पासपोर्ट प्रक्रियाको लागि।

राम्रो भाषा छ भने आफैँ पनि कन्सरर्भार्तियमा गएर माथी भनिएको कागजात लिएर प्रक्रिया गर्न सकिन्छ।

– Lowyer मार्फत गर्दा सबै online मार्फत pdf बनाई entry गर्ने गरेको पाईन्छ।

. अन्य विविध प्रक्रिया सम्बन्धि जानकारीहरू :-

क) परिवार पुनर्मिलन (Family Reunification)

परिवार नेपाल हुँदाको सन्दर्भमा।

नेपालबाट आवश्यक कागजातहरू :-

श्रीमान् वा श्रीमतिको हकमा:

विवाह दर्ता प्रमाणपत्र, नेपाल पुलिस रिपोर्ट र पासपोर्ट कपि।

१६ वर्ष मुनिका बाबु/नानिको हकमा:

जन्म दर्ता प्रमाणपत्र, पासपोर्ट कपि, यदि बुबा वा आमा एक नेपालमा भएमा निजको मन्जुरी नाम अनिवार्य ।

१६ बर्ष माथिका बाबु/नानिको हकमा:

माथी भनिएको कागजात साथमा नेपाल पुलिस रिपोर्ट।

बुबा/आमाको हकमा:

पोर्चुगलमा रहेका आफ्ना छोरा वा छोरी (applicant) को जन्म दर्ता प्रमाणपत्र, बुबा/आमाको नेपालको पुलिस रिपोर्ट र पासपोर्ट कपि।

सासू/ ससुराको हकमा:

बुहारी / ज्वाईं applicant हुँदा श्रीमान/ श्रीमतीको जन्म दर्ता, सासू/ ससुराको नेपालको पुलिस रिपोर्ट, पासपोर्ट कपि र विवाह दर्ता प्रमाणपत्र, नाता प्रमाणित प्रमाणपत्र ( सपोर्टिङ कागजात ) ।

सौतानी छोरा/ छोरिको हकमा:

माथी भनिएको छोरा/छोरिको उमेर अनुसार कागजातको साथमा सम्बन्धविच्छेद प्रमाणपत्र र पूर्व पति/ पत्निको मन्जुरी नाम प्रमाणपत्र  वा डेथ हो र दोस्रो विवाह हो भने मृत्यु दर्ता प्रमाणपत्र अनिवार्य ।

नेपालबाट बनाईने हरेक कागजातमा MOFA कि stamp अनिवार्य हुनेछ।

) पोर्चुगलबाट fश्य पर्ने कागजातहरूमा।

म्याद भएको रेसिडेन्ट कार्ड र पासपोर्ट, कामको कन्ट्र्याक्ट, डिक्लेरियसन, कम्तिमा ३-४ महिनाको सेलरी स्लिपहरू, बस्ने घरको ठेगाना ( junta / house contract ), IRS, आदि।

परिवार संख्या अनुसार income मा IRS कम्तीमा १० हजार माथी र महिनाको तलब ९ सय भन्दा बेसि भएकोमा राम्रो हुनेछ।

– आफ्नै नाममा कम्पनी हुनेहरूको हकमा, कम्पनी पेपर र balance sheet, finance, seg. Social decleration, salary slip.

 व्यवसाय सम्बन्धमा:

कुनै पनि आप्रवासीहरूको लागि लगानी गर्न पोर्चुगल सरकारले सहज गरेको छ। आफुले कस्तो ब्यावासाय गर्ने हो त्यस अनुकुल पहिला बुझ्न र परामर्श लिन जरूरी हुन्छ। झन खरिद / बिक्री गर्दा असाध्यै ध्यान दिनु पर्दछ। हचुवाको भरमा गरिने मोल/ मोलाई, लेनदेनले कति साथीहरूको लगानी जोखिममा परेको छ। गरिएको नेट लगानी पनि लिगलाईज गर्न नसक्दा/ नजान्दा हुन सक्ने भवितव्यतामा ठूलो लगानी डुबेको छ। तसर्थ लगानी गर्नु अगाडि राम्रो सँग बुझ्न, विधि र प्रक्रिया पुर्याउनु अत्यन्त जरूरी हुन्छ।

कम्पनीका प्रकारहरू:

– आफ्नै NIF बाट activity गर्नु। जसलाई Personal  वा non organize Actividade भनिन्छ।

फिनान्स अफिसमा गएर आफै खोल्न र बन्द गर्न सकिन्छ वा कुनै accountant office बाट पनि सेवा लिन सकिन्छ।

पहिलो पल्ट यो बाट लगानी गर्दा seg social tax तिर्नु नपर्ने हुन्छ र यसमा ११ हजार को लिमिट हुन्छ तब तक account regular राखी रहनु पनि नपर्ने हुन्छ। ३/३ महिना मा एक पटक accountant सेवा लिएर पनि गर्न सकिन्छ।

यसको लागि Nif number, password, बैंक account number अनिवार्य हुनु पर्दछ।

यो सानो personal कमाईको लागि हो। यसैमा पनि Organize Actividade गरि पनि अलि ठुलो range मा गर्न पनि सकिन्छ तर अनिवार्य accountant बाट चौमासिक audit गर्नु पर्दछ।

Unipessoal Lda (कम्पनी)  :- एकल व्यक्ति लगानी र Manager पनि एक जना हुने कम्पनी भन्ने बुझिन्छ।

यो बृहत किसिमको हुन्छ र यहाँको सरकारले व्यक्तिगत लगानी गर्न सक्ने प्रकारहरू तोकिदिएको दायरमा रहेर विविध कामहरू गर्न सकिन्छ। आफ्नो आवश्यकता अनुसार यस कम्पनीभित्र रहेर धेरै प्रकारका कामहरू कम्पनिको उद्देश्यमा समेटी सोही अनुसार लगानी र काम गर्न सक्नु हुनेछ। एक जना कम्पनीको म्यानेजर रहन्छ खुद लगानीकर्ता पनि बस्न सक्छ र अन्य कसैलाई पनि राख्न सकिन्छ। व्यवसाय गर्दा आफुले सुरूमा गरिनेकाम लाई principal CAE मा राख्नु पर्ने हुन्छ र secondary CAE मा उद्देशमा राखिएका व्यवासायका प्रकारहरू ५/१० जति पनि क्रमशः राख्दै जान सक्नु हुनेछ। यश ध्यान दिनुपर्ने शुरूवाटमा दर्ता गर्दा जो नाम, शेयरवाला, दर्ता सर्टिफिकेट( certidão permanente ) र RCBE ( Registo Central do Beneficiario Efetivo) ठेगान हुन्छ कुनै परिवर्तन गर्नु परेमा फेरि ACTAS बनाई रजिष्ट्रर प्रक्रियामा लानुपर्छ तसर्थ शुरूमा अधिक जानकारी लिएर गर्दा राम्रो हुन्छ।

दर्ता गर्दा चाहिने कागजातहरू:–

लगानि वालाको पासपोर्ट, रेसिडेन्ट कार्ड भए कार्ड, ठेगान, फिनान्स नम्बर र सोसियल नम्बर अनिवार्य चाहिन्छ।

LDA (कम्पनी)

प्रक्रिया र कागजात माथी कै हुन तर यसमा दुई वा सो भन्दा बढी लगानी कर्ता र म्यानेजर राख्न सकिन्छ। दायर माथिकै जतिको हुन्छ यत्ति हो यसमा लगानी कर्ता धेरै रहन सकिन्छ।

दर्ता प्रक्रिया पूरा भए पनि हुने कागजातहरू

IRN ( Instituto Registos e Notariado)

Certidao Permente

RCBE ( Registo Central do

Beneficiaro Efetivo) यि सरकारी निकायमा कम्पनी दर्ता भएपछि प्राप्त हुने कागजातहरू।

यो प्रक्रिया सकिएको १५ दिन भित्रमा कम्पनीको बैंक खाता खोली अनिवार्य Accountant राख्नु पर्ने हुन्छ र Accountant मार्फत कम्पनीलाई Finance र Seg. Social मा active गराउनु पर्दछ। अनि बल्ल कम्पनी मार्फत ब्यावासाय सन्चालन गर्न सक्नु हुनेछ। यसरी यो प्रक्रिया पुरा भए पछि कारोबार भए पनि नभए पनि अनिवार्य कम्पनिको accountant मार्फत चौमासिक tax declaration गराउनु पर्दछ।

खास गरि खरिद/ बिक्रि गर्दा tax बारेमा हेक्का नराख्दा लगानी गरेको मुल्यलाई पनि legal गर्न नसक्दा अधिकामस हाम्रा नेपाली साथै साउथ एसियनहरूले दोबरा tax बुझाउनु पर्ने र खरिद गरेको ब्यावासायको बिल नहुदा जरिवाना समेत तिर्ने गरेको पाईन्छ। यसर्थ यति सहज लगानिको अबसर हुँदा अति ध्यान दिएर प्रक्रिया गर्न अवस्यक हुन्छ।

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *